लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसमा २०८३ ब्याचका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
August 19, 2026 2026-08-19 15:26लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसमा २०८३ ब्याचका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसमा २०८३ ब्याचका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसमा २०८३ ब्याचमा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण (Orientation) कार्यक्रम आज सम्पन्न भएको छ।



कार्यक्रममा Bachelor of Arts(Hons.) in Buddhist Studies (BABS), Bachelor of Geshe Buddhist Studies (BGBS), Bachelor of Buddhism and Social Work (BBSW) तथा Bachelor of Bhot Buddhist Studies (BBBS) कार्यक्रममा भर्ना भएका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई विश्वविद्यालय तथा केन्द्रीय क्याम्पसको शैक्षिक वातावरण, अध्ययन–अध्यापन प्रणाली, पाठ्यक्रम, परीक्षा तथा मूल्याङ्कन प्रणाली, विद्यार्थी सेवा–सुविधा, अनुशासन, सूचना प्रविधिको प्रयोग तथा विभिन्न शैक्षिक गतिविधिबारे जानकारी गराइएको थियो।



केन्द्रीय क्याम्पस प्रमुखले विद्यार्थीहरूलाई स्वागत गर्दै विश्वविद्यालयमा प्रवेशसँगै विद्यार्थीहरूले आफ्नो शैक्षिक यात्रालाई अनुशासन, समर्पण र सकारात्मक सोचका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालय केवल डिग्री हासिल गर्ने थलो मात्र नभई ज्ञान, नैतिकता, करुणा, अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्ने महत्वपूर्ण शैक्षिक केन्द्र भएको उल्लेख गर्दै विद्यार्थीहरूले विश्वविद्यालयबाट प्राप्त अवसरहरूको अधिकतम सदुपयोग गर्न आग्रह गर्नुभयो। साथै, विद्यार्थीहरूको शैक्षिक तथा व्यक्तिगत विकासका लागि क्याम्पस प्रशासन सदैव सहयोग र सहकार्यका लागि तयार रहेको उहाँले बताउनुभयो।


अभिमुखीकरण कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई विश्वविद्यालयको शैक्षिक वातावरणसँग परिचित गराउँदै आफ्नो अध्ययनलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक मार्गदर्शन प्रदान गरेको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको २०८३ ब्याचका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक स्वागत तथा सफल शैक्षिक यात्राको शुभकामना।