रसुवाको भोटेकोशी बाढीपीडितका लागि राहत तथा उद्धार अभियानमा सहयोग सम्बन्धी हार्दिक अनुरोध
August 27, 2026 2026-08-27 12:15रसुवाको भोटेकोशी बाढीपीडितका लागि राहत तथा उद्धार अभियानमा सहयोग सम्बन्धी हार्दिक अनुरोध
रसुवाको भोटेकोशी बाढीपीडितका लागि राहत तथा उद्धार अभियानमा सहयोग सम्बन्धी हार्दिक अनुरोध
मिति २०८३।०५।१० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्याएको भौतिक र मानवीयक्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्माहत बनाएको छ। पीडितको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी लिने सरकारको कदममा साथ दिन यस केन्द्रीय क्याम्पसका सम्पूर्ण अध्यापक, कर्मचारी, विद्यार्थीहरूसमेत एक जुट भई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट सहयोगी हात बढाउन हार्दिक अनुरोध छ। त्यसका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वैच्छिक सहयोग गरी अन्यलाई समेत प्रेरित गर्दै एकद्वार प्रणालीअन्तर्गत सञ्चालन हुने उद्धार तथा राहत अभियानमा हातेमालो गर्न सबैमा हार्दिक अनुरोध गर्दछु। प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको खाता नम्बर तथा QR कोड निम्नानुसार रहेको छ ।