भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएका, घाइते, एवं घरबारविहीन भएकाहरूका लागि प्रार्थना गर्दै केन्द्रीय क्याम्पस, लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीहरू
August 27, 2026 2026-08-27 21:23भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएका, घाइते, एवं घरबारविहीन भएकाहरूका लागि प्रार्थना गर्दै केन्द्रीय क्याम्पस, लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीहरू
भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएका, घाइते, एवं घरबारविहीन भएकाहरूका लागि प्रार्थना गर्दै केन्द्रीय क्याम्पस, लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीहरू
मिति २०८३।०३।१० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्यान गुमाएका, घाइते तथा घरबारविहीन भएकाहरूको शीघ्र उद्धार, उपचार र पुनर्स्थापनाका लागि प्रार्थना गर्दै केन्द्रीय क्याम्पस, लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीहरू।



यस अवसरमा छ्वेमे मोन्लाम पाठ तथा बाढीपीडितका लागि राहत सङ्कलनमा सहजीकरण गर्ने विषयमा समेत छलफल गरिएको थियो।
केन्द्रीय क्याम्पस, लुम्बिनी बौद्ध विश्वविद्यालय सम्पूर्ण शुभेच्छुक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा सर्वसाधारणमा आफ्नो इच्छाअनुसार स्वेच्छिक सहयोग गरी बाढीपीडितहरूको राहत तथा उद्धार अभियानमा साथ दिन हार्दिक अनुरोध गर्दछ।

सानो सहयोगले पनि पीडित परिवारका लागि ठूलो आशा र सहारा बन्न सक्छ। एक जुट बनौँ, पीडितको साथमा उभिऔँ। सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोष का विवरण/QR कोड प्रयोग गर्न सकिन्छ।