News and Blog

सर्कुलर इकोनोमी तथा दिगोपनसम्बन्धी पाठ्यक्रम निर्माणका लागि दुईदिने कार्यशाला सुरु

6
News

सर्कुलर इकोनोमी तथा दिगोपनसम्बन्धी पाठ्यक्रम निर्माणका लागि दुईदिने कार्यशाला सुरु

लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसमा सञ्चालित BABS कार्यक्रम अन्तर्गत “Update of Circular Economy and Sustainability Curriculum in Higher Institutions” विषयक दुईदिने कार्यशाला आजदेखि भैरहवास्थित होटल मौर्यमा सुरु भएको छ।

WCN Nepal र लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसको संयुक्त आयोजनामा सञ्चालित उक्त कार्यशाला बौद्ध अध्ययन संकायका डीन डा. निरबहादुर गुरुङको अध्यक्षतामा आयोजना गरिएको हो।

उच्च शिक्षामा सर्कुलर इकोनोमी (Circular Economy) तथा दिगोपन (Sustainability) का अवधारणालाई पाठ्यक्रममा थप प्रभावकारी रूपमा समावेश गर्ने उद्देश्यले आयोजित कार्यशालामा सम्बन्धित विषयका विज्ञ, प्राज्ञिक व्यक्तित्व तथा सरोकारवालाहरूको सहभागिता रहेको छ।

कार्यशालामा विद्यमान पाठ्यक्रमको समीक्षा गर्दै बदलिँदो शैक्षिक तथा सामाजिक आवश्यकताअनुसार सर्कुलर इकोनोमी र दिगोपनसम्बन्धी विषयवस्तुलाई उच्च शिक्षाको पाठ्यक्रममा समावेश गर्ने, पाठ्यक्रमलाई थप समसामयिक तथा व्यवहारमुखी बनाउने तथा आवश्यक सुधारका विषयमा छलफल गरिनेछ।

दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यशालाबाट प्राप्त सुझाव तथा निष्कर्षलाई आगामी पाठ्यक्रम विकास तथा परिमार्जन प्रक्रियामा उपयोग गर्ने अपेक्षा गरिएको छ। कार्यशालाले उच्च शिक्षामा दिगो विकास, स्रोतको प्रभावकारी उपयोग तथा वातावरणमैत्री अभ्यासलाई प्रवर्द्धन गर्न आवश्यक शैक्षिक आधार निर्माणमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।