बौद्ध अध्ययनमा प्राचीन पाण्डुलिपि अध्ययन विधि सम्बन्धी शिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन हुने
May 8, 2026 2026-05-08 15:44बौद्ध अध्ययनमा प्राचीन पाण्डुलिपि अध्ययन विधि सम्बन्धी शिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन हुने
लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत केन्द्रीय क्याम्पसद्वारा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा सहकार्यमा “बौद्ध अध्ययनमा प्राचीन पाण्डुलिपि अध्ययन विधि सम्बन्धी शिक्षक प्रशिक्षण कार्यक्रम” आयोजना गरिने भएको छ।
उक्त प्रशिक्षण कार्यक्रम २०८३ साल वैशाख २८ गतेदेखि जेष्ठ ०१ गतेसम्म सञ्चालन हुने छ। कार्यक्रममा बौद्ध अध्ययनसँग सम्बन्धित प्राचीन पाण्डुलिपिको अध्ययन, संरक्षण, सम्पादन तथा अनुसन्धान विधिबारे विशेष प्रशिक्षण प्रदान गरिनेछ।
शिक्षक तथा अनुसन्धानमा संलग्न व्यक्तिहरूको शैक्षिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुन लागेको यस कार्यक्रमले बौद्ध अध्ययन क्षेत्रको अनुसन्धान र शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।