News and Blog

छात्रवृत्तिका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना

Presented by Roshan Paudel
Notices

छात्रवृत्तिका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालय डिन कार्यालय तथा आङ्गिक क्याम्पसमा स्नातक, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति, विद्यार्थी सहयोग तथा पुरस्कार सम्बन्धी विनियमावली, २०७९ बमोजिम तोकिएको आधार तथा मापदण्ड भित्र रहि छात्रवृत्ति वितरण गर्नुपर्ने भएकाले देहायबमोजिमका सेमेष्टर/वार्षिक परीक्षामा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरुबाट लु.बौ.वि.ऐन, २०६३ को दफा ३२ (क) को व्यवस्था बमोजिम अनुसूची १ मा रहेको छात्रवृत्ति आवेदन फाराम भरी आफू अध्ययनरत क्याम्पसमार्फत सूचना प्रकाशन भएको मितिले १५ दिन कार्यालय समयभित्र निम्नलिखित कोटामा आवेदन पेश गर्नुहुन सूचित गरिन्छ । तोकिएको म्याद भित्र प्रक्रिया पूरा नगरी पेश भएका आवेदन माथि कुनै कारबाही गरिने छैन । आवेदन साथ पेश गर्नुपर्ने कागजातहरु, न्यूनतम मापदण्ड, छनौट प्रक्रिया तथा यस सम्बन्धी अन्य थप जानकारीका साथै छात्रवृत्ति आवेदन फाराम सम्बन्धित स्कुल तथा क्याम्पसको प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ ।