बडा दशैं, दीपावली, नेपाल सम्वत् र छठ पर्व बिदासम्बन्धी सूचना ।
October 7, 2026 2026-10-07 15:26बडा दशैं, दीपावली, नेपाल सम्वत् र छठ पर्व बिदासम्बन्धी सूचना ।
मिति २०८३ असोज २५ गते घटस्थापनादेखि २०८३ कार्तिक ८ गतेसम्म विजयादशमीको विदा, २०८३ कार्तिक २२ गतेदेखि २६ गतेसम्म शुभदिपावली तथा तिहार विदा, कार्तिक २७ गते स्थानीय विदा २९ गते छठ पर्व रहेको हुँदा उक्त अवधिभर क्याम्पस विदा हुने साथै उक्त विदापश्चात् क्याम्पस २०८३ कार्तिक ३० गतेदेखि खुल्ने र नियमित पठन-पाठन २०८३ मंसिर १ गते मङ्गलवारदेखि सञ्चालन हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूको लागि जानकारी गरिन्छ ।
२०८३ कार्तिक ९ गतेदेखि २० गतेसम्म नियमित कार्यालय समयमा क्याम्पस प्रशासन मात्र खुला रहने व्यहोरा जानकारी गराइन्छ ।
उल्लिखित बिदाको अवधिमा पाठ्यक्रमको सम्पूरण एवं आन्तरिक मूल्याङ्कनका क्रियाकलापहरू विषयगत शिक्षक एवं विद्यार्थीको समन्वयमा गर्न सकिनेछ ।
सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी, तथा अभिभावकज्यूहरूमा बडा दशैं, शुभ दीपावली/तिहार, नेपाल सम्वत् एवम् छठ पर्वको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
