News and Blog

बुद्ध जयन्तीको अवसरमा केन्द्रीय क्याम्पसमा “लुम्बिनी काव्य सन्ध्या” आयोजना हुने

WhatsApp Image 2026-04-26 at 12.46.41 PM
News

बुद्ध जयन्तीको अवसरमा केन्द्रीय क्याम्पसमा “लुम्बिनी काव्य सन्ध्या” आयोजना हुने

लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पस अन्तर्गत विद्यार्थीहरूको साहित्य समूहको आयोजनामा २५७० औं बुद्ध जयन्तीको अवसरमा “लुम्बिनी काव्य सन्ध्या” कार्यक्रम सम्पन्न हुने भएको छ। साहित्य, सिर्जना र सन्देशको सङ्गममार्फत शब्दका सुगन्धहरू साटासाट गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले विद्यार्थी, प्राध्यापक तथा साहित्यप्रेमीहरूबीच सिर्जनात्मक अभिव्यक्तिलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

कार्यक्रम २०८३ वैशाख १६ गते साँझ ७:०० बजेदेखि ८:३० बजेसम्म जुम माध्यमबाट सञ्चालन हुने तय गरिएको छ। कार्यक्रममा विभिन्न ख्यातिप्राप्त स्रष्टाहरूको सहभागिता रहनेछ, जसमा महेश पौड्याल, मोहराज शर्मा, मनोज भण्डारी, रञ्जु गौतम घिमिरे तथा पुरुषोत्तम आचार्यलगायतले आफ्ना काव्य प्रस्तुतिहरू राख्नेछन्