BABS को नयाँ पाठ्यक्रम सम्बन्धी पुनर्ताजगी तालिम केन्द्रीय क्याम्पसमा सञ्चालन हुँदै
April 26, 2026 2026-04-26 15:06BABS को नयाँ पाठ्यक्रम सम्बन्धी पुनर्ताजगी तालिम केन्द्रीय क्याम्पसमा सञ्चालन हुँदै
लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पस, लुम्बिनीमा BABS को नयाँ पाठ्यक्रम सम्बन्धी पुनर्ताजगी (रिफ्रेसर) तालिम सञ्चालन हुने भएको छ। विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा सहकार्यमा आयोजना गरिएको उक्त तालिमले नयाँ पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा शैक्षिक जनशक्तिलाई अभिमुख गराउने लक्ष्य राखेको छ।
उक्त तालिम २०८३ वैशाख १४ गतेदेखि १८ गतेसम्म केन्द्रीय क्याम्पस, लुम्बिनीमा सञ्चालन हुने छ। तालिममा सम्बन्धित विषयका प्राध्यापक तथा शैक्षिक जनशक्तिको सहभागिता रहनेछ, जसमार्फत नयाँ पाठ्यक्रमका संरचना, विषयवस्तु, शिक्षण विधि तथा मूल्याङ्कन प्रक्रियाबारे विस्तृत छलफल गरिनेछ।