नाम दर्ता तथा सेवा शुल्क बुझाउने सम्बन्धी सूचना !
June 25, 2026 2026-06-25 9:06नाम दर्ता तथा सेवा शुल्क बुझाउने सम्बन्धी सूचना !
यस लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय केन्द्रीय पुस्तकालयद्वारा च.नं. ८३, २०८२।८३, मिति २०८३।०३।०५ गते पठाइएको पत्र अनुसार, त्रिभुवन विश्वविद्यालय द्वारा सञ्चालन गरिएको RemoteXs Database मा उपलब्ध ई-रिसोर्सेस सेवा यस लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा उपलब्ध गराउने उद्देश्यले खरिद प्रक्रिया अगाडि बढाएको जानकारी गराउँदै सो सेवाबाट लाभान्वित हुन इच्छुक यस केन्द्रीय क्याम्पसमा अध्ययनरत विद्यार्थी र अध्यापनरत अध्यापक तथा कार्यरत कर्मचारिहरूले मिति २०८३ असार २५ गतेसम्म कार्यालय समय भित्र सेवा शुल्क वापतको वार्षिक रू.२०० रूपैया (अक्षरेपी दुई सय रूपैया) लाग्ने भएकाले सो रकम बुझाई केन्द्रीय पुस्तकालयमा नाम दर्ता गराउनुहुन सम्बन्धित सम्पूर्णको जानकारिका लागि यो सूचना प्रकाशन गरिएको छ ।