लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसमा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
October 9, 2026 2026-10-09 14:56लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसमा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसमा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसमा विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा क्याम्पस प्रमुख, स्नातक तहका प्रातःकालीन सत्रका विद्यार्थीहरू तथा अध्यापकज्यूहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममा विजया दशमीको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, एकता तथा सहकार्यको भावना अभिवृद्धि गर्ने सन्देश व्यक्त गरिएको थियो। यस्ता कार्यक्रमले विश्वविद्यालय परिवारबीच आत्मीयता बढाउनुका साथै आपसी सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको थियो।
लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस परिवारले सम्पूर्णमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामनासहित विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।