News and Blog

केन्द्रीय क्याम्पसमा पहिलोपटक खेलकूद सप्ताह

News

केन्द्रीय क्याम्पसमा पहिलोपटक खेलकूद सप्ताह


लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसले पहिलोपटक खेलकूद सप्ताह आयोजना गरेको छ ।

खेलकूद सप्ताह कार्यक्रमको उद्घाटन गर्दै क्याम्पस प्रमुख नीर बहादुर गुरुङले सम्पूर्ण विद्यार्थीहरुलाई कार्यक्रम विश्वविद्यालयकै लागि पहिलो आयोजना भएकाले यसको सफलतापूर्वक सम्पन्न गर्न सबैको सहयोग र सहभागिता आवश्यक रहेको बताए ।

विश्वविद्यालयको गरिमा बढाउने, शैक्षिक विकासमा सहयोग पुग्नुका साथै मैत्रीभाव, करुणा भावको विकास गर्ने, शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउने गुरुङको भनाइ थियो ।

केन्द्रीय क्याम्पसको स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजित खेलकूद सप्ताह अन्तर्गत पहिलो दिन आइतबार महिला तथा पुरुष फुटसल, टेबल टेनिस र चेस प्रतियोगिता भएको छ ।

५ दिनसम्म हुने कार्यक्रम क्रिकेट, भलिबल, फुटसल, टेबल टेनिस, ब्याडमिण्टन, चेस, स्लो साइकल रेस, चेस, डोरी तान्ने र स्पोन रेस गरी ११ वटा खेल प्रतियोगिता समावेश गरिएको छ ।

केन्द्रीय क्याम्पसमा अध्ययनरत ब्याचलर इन ट्राभल एण्ड टुरीजम म्यानेजमेन्ट (बिए), ब्याचलरकै रुरल एण्ड डेभलपेन्ट र भोट बौद्ध अध्ययन कार्यक्रम अन्तर्गत सबै सेमेष्टरका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

https://shalinnews.com/2022/09/5207/

Categories